Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंक र जीएमई रेमिटबीच रेमिट्यान्स सम्झौता

शुक्रबार, ११ जेठ २०७५, १४ : १७ मा प्रकाशित

मेगा बैंक र जीएमई रेमिटबीच रेमिट्यान्स सम्झौता

अर्थ संसार, काठमाडौं–  मेगा बैंक नेपाल लिमिटेड र जीएमई रेमिट प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ ।

मेगा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जीएमई रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले शुक्रबार रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

यो सम्झौतापछि जीएमई रेमिटमार्फत नेपालीले स्वदेश तथा विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् ।

जीएमई रेमिटसँगको साझेदारीपछि विशेषगरि दक्षिण कोरिया, अमेरिका, बेलायत, जापान, मलेसिया, युरोपबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ ।

यसैगरी, जीएमई रेमीट मेगा बैंकको सुपर एजेन्ट पनि भएका कारण मेगा रेमीटबाट पठाएको रकम जीएमईका देशभरका ७ हजार भन्दा बढी एजेण्टबाट भुक्तानी लिन सकिने बताइएको छ ।

मेगा बैंकको देशभर ९१ वटा शाखा कार्यालय तथा देशभरि छरिएका १९ सय भन्दा बढी मेगा रेमीट एजेन्ट छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको