Like us!
Follow us!
Connect us!
Watch us!

१ करोड ३१ लाख लागतमा दुधौली बजारमा २ सय ८० मिटर सडक कालोपत्रे हुने

शुक्रबार, ११ जेठ २०७५, १६ : ३६ मा प्रकाशित

१ करोड ३१ लाख लागतमा दुधौली बजारमा २ सय ८० मिटर सडक कालोपत्रे हुने

शंखर पहाडी,गौरब

अर्थ सन्सार, सिन्धुली– सिन्धुलीको दुधौली बजारका पसलहरु हटाउन थालेको छ । लामो समयदेखि दुधौली बजारका पसलहरु हटाउन नसक्दा सडक विस्तार गर्न नसकेको  दुधौली नगरपालिकाले जेसिवि प्रयोग गरी घरहरु हटाउन थालेको हो ।

अब दुधौली बजारमा २ सय ८० मिटर सडक कालो पत्रे हुने भएको छ । दुधौली नगरपालिकाले दुधौली बजारको सडकको स्थरउन्नतीका लागि सडक च्यापेर बनाएका घरहरु हटाउन थालेको हो । दुधौली बजारको सिमलगाछी देखि गोलपार्क हुदै खोरभञ्झ्याङ सम्मकोे २ सय ८० मिटर सडक कालो पत्रेका लागि कार्य शुरु गरेको छ ।

नाला सहित १४ मिटर फराकिलो सडक बन्न लागेको दुधौली नगरपालिकाका इन्जिनियर सजिंब बस्नेतले अर्थ सन्सार सिन्धुलीलाई बताए । १ करोड ३१ लाखमा एम के कन्सटक्सनले गत फाल्गुनमै सडक कालो पत्रेका लागि नगरपालीकासगँ सम्झैता  गरेको थियो ।

सडकको कालो पत्रेको काम यो आर्थिक वर्ष सम्म सक्नु पर्ने सम्झौ भएको छ । नगरले सडक छेउमा रहेका घरहरु भत्काउन नसक्दा निमार्ण कार्य ढिलो भएको हो । निमार्णको जिम्मा पाएको कम्पनि र नगरको समन्वयमा सडकमा परेका घरहरु जेसिवि द्धारा भत्काउन सुरु गरीएको नगरपालीकाले जनाएको छ ।       

पटक पटक निकालीएको सुचनाको अवज्ञा गरेका कारण जेविसि लगाउन वाध्ये भएको नगरपालीका  प्रमुख घनश्याम राउतले बताउनु भयो ।   जसका कारण अब सडक निर्माण कार्यले गति लिने नगर प्रमुख राउतले बताउनु भयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको