Like us!
Follow us!
Connect us!
Watch us!

स्थानिय प्रशासनको मनोमानीका कारण सिन्धुलीका भूकम्प पीडितहरु मारमा

आइतबार, १३ जेठ २०७५, १२ : ५७ मा प्रकाशित

स्थानिय प्रशासनको मनोमानीका कारण सिन्धुलीका भूकम्प पीडितहरु मारमा

शंखर पहाडी,गौरब

अर्थ सन्सार, सिन्धुली– सिन्धुलीमा स्थानिय प्रशासनको मनोमानीका कारण भूुकम्प पीडितहरु मारमा परेका छन ।

 स्थानिय प्रशासनले सिन्धुली हुदैँ खुर्काेटसम्मको  बिपी राजमार्गमा ६ चक्के ट्रक तथा ठुला यात्रु बाहक सवारी साधनलाई प्रतिवन्ध लगाउदा भूकम्प पीडित मारमा परेका हुन ।

सिन्धुली सदरमुकामबाट निर्माणका सामाग्री ओसार पसार गर्ने ६ चक्के ट्रक तथा ठुला यात्रु बाहक सवारी साधनलाई प्रतिवन्ध लगायत पछि निर्माण कार्यमा ढिलाई हुनुको साथै साना मालबाह सवारी साधनको भाडामा पनि मनोमानी बढेको छ ।

सिन्धुली जिल्लाका सबै स्थानिय निकायलाई सिन्धुली सदरमुकामबाट सडक सञ्जालले जोडिएको भएपनि साना सवारी साधनले मात्रै सेवा दिन नसक्ने हुँदा स्थानिय प्रशासनको मनोमानी निर्णयका कारण भुकम्प पीडितहरु मारमा परेका छन ।

विगत करिब १५ दिनदेखि स्थानिय प्रशासनले सिन्धुली,खुर्काेट बिपी राजमार्गमा ६ चक्के ट्रकलाई प्रतिवन्ध लगाएको छ

 सिन्धुलीको चियावारी सम्म र खुर्काेटको अँधेरी पुल सम्म ६ चक्के ट्रक लगायत सबै प्रकारका सवारी साधनको रुट परमीट भए पनि बिपी राजमार्गको बाँकी खण्डमा रुट परमिट नहुँदा स्थानिय प्रशासनले सो सडक खण्डमा सवारी साधनमा रोक लगायको हो ।

  स्थानिय प्रशासनले हचुवाको भरमा त्यस्तो निर्णय गर्दा ट्रक तथा ठुला यात्रु बाहक सवारी साधन व्यावसायीहरु समेत मारमा परेका छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको