Like us!
Follow us!
Connect us!
Watch us!

चितवनको भण्डारामा जनता बैकको शाखा, पुग्यो ११६ वटा शाखा

आइतबार, १३ जेठ २०७५, १४ : २४ मा प्रकाशित

चितवनको भण्डारामा जनता  बैकको  शाखा, पुग्यो ११६ वटा शाखा

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाललिमिटेडले थप एक नयाँशाखाबाटकारोवार सुरु गरेको छ ।

चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ५ स्थित भण्डारा शाखाबाट कारोवार सुरु गरिएको हो ।

पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुले यस शाखाबाट अन्यशाखाहरु माझै आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सकिने बैंकले जनाएको छ । 

बैंकले पूर्व पश्चिम राजमार्ग भएर आहोर दोहोर ग्राहकहरुले यस शाखामार्फत थप सुविधा लिन सक्नेछन् भन्ने अपेक्षालिएको छ ।

यस सँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेको छन् भने देश भरीमागरि शाखा सञ्जाल ११६ पुगेको छ ।  यससगै बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको