Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय इको च्यालेन्ज हुने

आइतबार, १३ जेठ २०७५, १७ : ०२ मा प्रकाशित

अन्तर्राष्ट्रिय इको च्यालेन्ज हुने

अर्थ संसार, काठमाडौं– ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले को आयोजनमा अन्तर्राष्ट्रिय इको च्यालेन्ज हुने भएको छ । 

इको च्यालेन्ज जेठ १५ हुने भएको हो । टानको स्थापना दिवस, अन्तर्राष्ट्रिय सगरमाथा दिवसको साथै गणतन्त्र दिवस पनि रहेकोमा टानले सो दिन पर्वको रुपमा मनाइ केक काटेर भव्यताको साथ मनाउन लागिएको टानले जनाएको छ ।

Sustainable Tourism, The Solution is Less Pollution”  भन्ने मुख्य नाराका साथ  हुन लागेको च्यालेन्ज कार्यक्रमको उद्घाटना  वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले गर्ने कार्यक्रम तय भएको छ ।

स्वदेशी एवं विदेशीहरुको सहभागीता रहने यस कार्यक्रममा कुल ८ कि।मि साइक्लिङ र्याली  निकालिने छ ।  र्याली बिहान ६ बजे टान सचिवालय, मालीगाउँ हुँदै -कमलपोखरी-चारखाल-पुतलीसडक-सिंहदरबार-सुनधारा- न्यूरोड- जमल - ज्याठा- सञ्चयकोष भवन हुँदै नेपाल पर्यटन बोर्डमा ९ बजे समापन गरिनेछ ।
 
नेपालको राजधानी काठमाण्डौंमा बढी रहेको प्रदुर्षणको कारणले नेपालको पर्यटन क्षेत्रमा ठूलो असर पुर्याइरहेको पाइन्छ । प्रदुर्षणले वातावरणलाई मात्रै असर नगरी हानिकारक धुँवा र गन्धको कारण श्वासप्रवासमा समस्या आइरहेको देखिन्छ ।

यातायातले देशको अर्थ व्यवस्थापनमा निकै नै ठूलो भूमिका खेलेको हुन्छ । यातायात र पर्यटक दुवै क्षेत्रले रोजगारी सृजना गर्दै आएको छ । यातायातको व्यवस्थापन राम्रो नभएको कारण प्रदुर्षण बढ्दै गईरहेको छ र पर्यटक क्षेत्रलाई ठूलो असर पुर्याइ रहेको छ । मौसमबाट हुने असरबाट चिन्तित रहने कारण हानिकारक धुलो र धुँवाले गर्दा नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा पनि नराम्रो प्रभाव पर्दै आएको पाइन्छ ।

तसर्थ टानले पर्या पर्यटन प्रवद्र्धध गर्न पहल गर्दै दिगो पर्यटनको लागि वातावरण प्रदुषण कम गर्ने मुख्य उदेश्य लिएर यस कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको