Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकका अध्यक्षबाट शपथ ग्रहण

आइतबार, १३ जेठ २०७५, १९ : १२ मा प्रकाशित

लुम्बिनी विकास बैंकका अध्यक्षबाट शपथ ग्रहण

अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंकका नव नियुक्त अध्यक्ष अशोक राज पाण्डेले  आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।

बैंक तथावित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष  बैंकको संचालक समितिका नवनियुक्त अध्यक्ष अशोक राज पाण्डेले शपथ ग्रहण गर्नु भएको हो । 

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल,उपनिर्देशक निर्मल कार्की, लुम्बिनीविकास बैंकका संचालक समितिका सदस्य  राजेश कुमार अग्रवाल, का.मु. प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।


                            

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको