Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योेरेन्सको सेयर किन्नु अघि हेरौं आधारभूत तथा प्राविधिक विश्लेषण

सोमबार, १४ जेठ २०७५, ०८ : १६ मा प्रकाशित

सिद्धार्थ इन्स्योेरेन्सको सेयर किन्नु अघि हेरौं आधारभूत तथा प्राविधिक विश्लेषण

कम्पनीले चालू आव चैत मसान्तसम्मको त्रैमासिक वित्तीय विवरणअनुसार रू. १८ करोड ४ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २८ दशमलव ८२ प्रतिशतले बढी हो । कम्पनीले रू. ३० करोड ९ लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको देखिन्छ ।

चैत मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी ४३ प्रतिशतले बढेर ६४ करोड १४ लाख पुगेको छ भने रिजर्भ कोषमा रू. १२ करोड ७ लाख छुट्याएको छ । सोही अवधिमा बीमा कोषमा रू. ५० करोड २९ लाख जम्मा भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा करीब ३५ प्रतिशतले बढी हो । साथै कम्पनीले पूँजी वृद्धिका लागि ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुर्‍याउन निर्देशन दिएको थियो । सोही अनुसार कम्पनीले २२ लाख ४४ हजार ९ सय ७३ दशमलव ५० कित्ता हकप्रद शेयर जारी गर्नेछ । विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । यो हकप्रद शेयरमा आवेदन दिनको लागि वैशाख ३१ गतेसम्म शेयर किन्ने पर्नेछ । हकप्रद शेयर निष्कासन पछि कम्पनी चुक्तापूँजी रू. ८६ करोड ५९ लाख पुग्नेछ ।

वर्गिकरणः बीमा कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. ७२६
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. २७२०
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ४८६
१८० दिनको भारित औसत मूल्यः रू. ९३४.११

कम्पनीको महत्वपूर्ण अनुपात :


व्यवस्थापन समूह :
अध्यक्षः ताराचन्द केडिया
प्रमुख कार्यकारी अधिकृतः वीरेन्द्र बैदवार क्षेत्री
प्रधान कार्यलयः बबरमहल, काठमाडौं
शाखाः ५३
वेबसाइटः www.siddharthainsurance.com
स्टक स्टिकरः एसआइसिएल

कम्पनीको पछिल्लो पाँच वर्षको परिसूचकहरु (रू. हजारमा)

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

लाभांश विवरण :

आधारभूत विश्लेषण :
कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ३१ दशमलव ४४ प्रतिशतबाट घटेर २८ दशमलव १२ प्रतिशतमा सीमित भएकोे छ । कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा रू. २१ करोड १२ लाख रहेको छ । यो अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ८ प्रतिशतले कमी हो । खुद चालू सम्पत्ति ६० प्रतिशतले बढेर रू. ९५ करोड ३५ लाख रहेको छ भने चालू दायित्व रू. २५ करोड १० लाख पुगेको छ ।

  • कम्पनीको चैत मसान्तसम्ममा रू. ३० करोड ९ लाख आम्दानी गर्दा रू. १२ करोड ५ लाख खर्च भएको छ । सोही अवधिमा ४ हजार १ सय १० जनालाई रू. ७३ करोड २८ लाख दाबी भुक्तानी गरेको छ भने २ हजार ६ सय २१ जनालाई रू. ५८ करोड ५१ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

  • कम्पनीले चैत मसान्तसम्ममा रू. १ अर्ब २९ करोड ५८ लाख बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा १७ प्रतिशतले बढी हो । कम्पनीको जारी बीमा लेखको सङ्ख्या ८४ हजार ८ सय ५५ छ भने नवीकरण गरिएको बीमालेखको सङ्ख्या २२ हजार ५ सय ८८ रहेको छ ।

  • कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ५०, मूल्य आम्दानी अनुपात २२ दशमलव २४, प्रति शेयर कुल सम्पत्तिको मूल्य रू. ४ सय ३८ र प्रति शेयर नेटवर्थ रू. २ सय ७ दशमलव १६ रहेको छ । बिहीवारको शेयर मूल्य नेटवर्थको साढे ३ गुणा छ ।

प्राविधिक विश्लेषण :

  • विक्री चापः कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चापको तुलनामा विक्री चाप १ गुणा बढी रहेको छ । सो अवधिसम्म ३ हजार ३२ कित्ता शेयर विक्री र २ हजार ९ सय ३१ कित्ता शेयर खरीद गर्ने माग रहेको थियो ।

  •  बिहीवार भएको शेयर कारोबार विवरणः


मैनबत्ती विश्लेषण :

२२ फेब्रुअरी २०१८                                                                    २३ मे २०१८

स्ट्याण्डर्ड डेभिएशन :

२२ फेब्रुअरी २०१८                                                                          २३ मे २०१८

आरएसआई :

२२ फेब्रुअरी २०१८                                                                  २३ मे २०१८

मुभिङ एभरेज :

२२ फेब्रुअरी २०१८                                                                    २३ मे २०१८

  • मैनबत्ती विश्लेषणः बैङ्ककोे ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मैनबत्ती आकृती बनेको छ । यस आकृतीले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने सङ्केत देखाउँछ ।

  • आरएसआईः कम्पनीको ६० दिनको कारोबारमा आरएसआई ओभरसोल्ड जोन (२७ दशमलव ७१ स्केल)मा छ । यसले शेयर विक्री चाप बढेकोे देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसनः कम्पनीको ६० दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ७ दशमलव ७० विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेजः कम्पनीको ६० दिनको कारोबार अवधिमा २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखाले माथिबाट काटेर तल गएको छ । हालको मूल्य २६ दिने औषत मूल्यरेखा र १४ दिने औषत मूल्यभन्दा तल रहेको छ । यस्तो अवस्थामा शेयर घट्ने सम्भावना हुन्छ । बिहीवारको शेयर मूल्य रू. ७ सय २६ देखि बजारको अवस्था परिवर्तन भइ मूल्य महङ्गिएमा रू. ७ सय ४० मा प्रतिरोध पाउने र सस्तिएमा रू. ७ सय २१ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको