Like us!
Follow us!
Connect us!
Watch us!

बुधबारदेखि वोमी माइक्रोफाइनान्सको ३० प्रतिशत हकप्रद सेयर खुल्दै, अन्तिम दिन कहिले ?

मंगलबार, १५ जेठ २०७५, १५ : ०२ मा प्रकाशित

बुधबारदेखि वोमी माइक्रोफाइनान्सको ३० प्रतिशत हकप्रद सेयर खुल्दै, अन्तिम दिन कहिले ?

अर्थ संसार, काठमाडौं – बुधबारदेखि वोमी माइक्रोफाइनान्स  लिमिटेडको ३० प्रतिशत हकप्रद सेयर खुल्ने भएको छ । 

वोमीले १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्री गर्न बुक क्लोज समेत गरिसकेको छ । यस हकप्रदमा असार १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

कहँबाट कसरी आवेदन दिने ?
 
वोमी माइक्रोफाइनान्सको सेयर हुने लगानीकर्ताले नजिकको धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।

त्यसै गरी लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं र वोमी माइक्रोफाइनान्सको भरतपुर चितवन तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
 
हाल वोमीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको