अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्ष २२०७५/०७६ को बजेट भाषण हुन केही मिनेट बाँकी छ । बजेट भाषणलाई पुँजी बजारले रातो रङ्गले स्वागत गरेको छ ।
मंगलबार बजार ९.१८ अंकले घट्दा ४१ करोड ७४ लाख ३६ हजार ९६८ रुपैयाँको कारोबार भएको छ ।
हिजो (सोमबार) एकाएक ३६ अंकले बढेको बजार सोमबार भने गिरावट आएको हो । जम्ममा १६७ वटा कम्पनीको ८ लाख ४० हजार १७५ कित्ता सेयर खरिदविक्री भएको छ ।
कारोबार भएको ९ वटा समूह मध्ये ८ वटा समूह ओरालो लाग्दा नेप्से इन्डेक्स १३२६.९९ विन्दुमा आइपुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ विन्दुले घटेको छ ।
विमा समूह ५.६९ विन्दुले बढ्दा बैकिङ १०.५, होलट ३३.१८, विकास बैंक १४.२१, जलविद्युत १३.३३, फाइनान्स २.९६, उत्पादन २०.६, अन्य १.४६ र माइक्रोफाइनान्स १५.४८ अंकले घटेका छन् ।
घटेको बजारमा उन्नती माइक्रोफाइनान्स सवै भन्दा बढी ९ प्रतिशतले बढेको छ भने मेगा बैंक सवै भन्दा बढी झण्डै १० प्रतिशतले घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस