Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जा दशक घोषणा, ऊर्जाका लागि ८३ अर्ब बजेट

मंगलबार, १५ जेठ २०७५, १७ : ३१ मा प्रकाशित

ऊर्जा दशक घोषणा, ऊर्जाका लागि ८३ अर्ब बजेट

अर्थ संसार, काठमाडौँ – सरकारले २०७५ सालदेखि २०८५ को दश वर्षलाई ऊर्जा दशक घोषणा गर्दै ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसदमा पेश गर्नुभएकोअ ार्थिक वर्ष २०७५/७६ को बजेटमा ऊर्जा दशक घोषणा गर्दै सो क्षेत्रमा रु ८३ अर्ब बजेट विनियोजन गर्नुभएको छ ।

यस्तै नयाँ बुटवल गोरखपुर ४०० केभी प्रसारण लाइनको निर्माण गर्ने र उत्तर दक्षिण नदी करिडोरमा उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने लक्ष्य बजेटमा राखिएको छ ।

निजी क्षेत्रलाई समेत सहभागी गराई प्रसारण लाइन निर्माण गर्ने नीति बजेटमा राखिएको छ ।

यसैगरी ग्रामीण क्षेत्रको विद्युतीकरणलाई प्रमुख प्राथमकितामा राख्दै सरकारले त्यसका लागि रु पाँच अर्बको बजेट व्यवस्था गरिएको छ ।

सरकारले शहरी क्षेत्रमा स्माटै मिटर प्रणाली लागू गर्ने लक्ष्य समेत राखेको छ ।  सरकारले तीन वर्षमा मुलुकको सबै स्थानमा विद्युत् सेवा उपलब्ध गराउने र पाँच वर्षमा मागे जति विद्युत् उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको