Like us!
Follow us!
Connect us!
Watch us!

लहान र भिमसेन थापा गाउँपालिकामा मेगा बैंक

बुधबार, १६ जेठ २०७५, १५ : ५६ मा प्रकाशित

लहान र भिमसेन थापा गाउँपालिकामा मेगा बैंक

अर्थ संसार, काठमाडौँ– शाखा विस्तारलाई तीव्रता दिने क्रममा मेगा बैंक नेपाल लिमिटेडले थप दुई वटा शाखा विस्तार गरेको छ । 

सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा मेगा बैंक नेपाल लिमिटेडले शाखा विस्तार गरेको हो । मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको छ । 

बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको हो । 

यो सँगै देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुगेको छ । मेगा बैंकका ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको