अर्थ संसार, काठमाडौँ – सरकारले नेपाल विद्युत् प्राधिकरणलाई रु ४६ अर्ब बजेट उपलब्ध गराएको छ ।आगामी अर्थिक वर्षका लागि सरकारले उक्त परिमाणको बजेट उपलब्ध गराउको हो ।
त्यसमध्ये झन्डै ६७ प्रतिशत वैदेशिक ऋण र अनुदान रहेको छ । सरकारी स्रोतबाट भने प्राधिकरणको भागमा करिब रु १५ अर्ब मात्र परेको छ । प्राधिकरणकै सञ्चालित तथा परिचालित आयोजनामा बजेट राखिएको छ ।
यस्ता आयोजनामा रु ४६ अर्ब १७ करोड ५० लाख बजेट छ ।प्राधिकरणका लागि छुट्ट्याइएको बजेटमध्ये रु ३० अर्ब ८७ करोड ६१ लाख वैदेशिक ऋण र अनुदानको हो ।
कूल विनियोजित बजेटमा रु २८ अर्ब ७८ करोड ७१ लाख वैदेशिक ऋण, रु २ अर्ब ८ करोड ९० लाख अनुदान र रु १५ अर्ब २९ करोड ८९ लाख सरकारी स्रोतको रकम प्राप्त गरेको छ ।
उक्त बजेट१३२ केभी तथा ३३ केभी प्रसारण लाइन र सबस्टेसन, जलविद्युत आयोजना सुदृढिकरण, सामुदायिक तथा ग्रामीण विद्युतीकरणका लागि खर्च गरिनेछ ।
यस्तै कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली–३, राहुघाट, तनहु सेती लगायत आयोजनाका लागि समेत बजेट उपलब्ध गराइएको छ ।
प्रसारण लाइन निर्माणका लागि रु २७ अर्ब बजेट विनियोजन गरिएको छ । त्यसमा वैदेशिक ऋण र अनुदानको मात्रा बढी छ ।यस्तै सामुदायिक तथा ग्रामीण विद्युतीकरणका लागि रु ५ अर्ब बजेट विनियोजन गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस