अर्थ संसार, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा २० मेगावाट विद्युत् थप हुने भएको छ ।
आगामी सायनदेखि पर्वत र कास्कीको सीमामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रणालीमा थपिन लागेको हो ।
आयोजनाको करिब करिब सबै जसो काम सम्पन्न भइसकेको छ । हाल आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ ।
बाँध र सुरुङ निर्माण पूरा भएको छ । आगामी असारको तेस्रो साताबाट उपकरण परीक्षण सुरु हुनेछ । सो आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोडिने छ । आयोजनाको कूल लागत रु ४ अर्ब ६२ करोड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस