अर्थ संसार, काठमाडौं– ‘ गुराँस लाइफ सँग सुरक्षीत हाम्रो जिन्दगी’ भन्ने नाराका साथ कम्पनी १० बर्ष पुरा गरि ११ बर्षमा प्रवेश गरेको वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बिहीबार केन्द्रिय कार्यालय तीनुकुने काठमाडौं, क्षेत्रीय कार्यालय विर्तामोड, क्षेत्रीय कार्यालय बुटवल, शाखा कार्यालय धरानमा गरेको रक्तदान कार्यक्रममा २३१ जना महानुभावहरुले रक्तदान गर्नुभयो साथै मिति शुक्रबार क्षेत्रीय कार्यालय बीरगंज र उपशाखा कार्यालय इटहरी मा रक्तदान कार्यक्रम रहेको छ । यस वर्ष नेपाल भरि प्रत्येक महिना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको छ ।
यस १० वर्षको अवधिमा नेपालराज्यभरि १८ हजार प्रशिक्षित अभिकर्ता र ७० वटा कार्यालयहरु मार्फत बालबालिकाको लागि शिक्षा योजना, सावधिक, आजीवन र पेन्सन सहितको बीमा योजना तथा वार्षिक नगद फिर्ता योजना समेटिएको विभिन्न १३ वटा जीवन बीमा योजना ल्याएको छ ।
अन्य कम्पनीहरुको तुलनामा बीमाशुल्क दर कम रहेको तथा हालसम्म बोनस दर रु. ७६ सम्म दिइएको यस कम्पनीका दावी भुक्तानी प्रक्रिया छिटो, छरितो एवं सरल रहेको छ ।
कम्पनीले १० औं बर्ष पुरा गरी ११ औं बर्षमा प्रबेश गरेको यस सुखद् घडीमा कम्पनी प्रति सदभाव तथा विश्वास देखाई हाम्रो हातमा हात मिलाई कम्पनीको उन्नति र प्रगतिमा निरन्तर सहयोग गर्नु हुने सम्पूर्ण वीमितहरु, अभिकर्ताज्यूहरु, शेयरधनीहरु , शुभेच्छुकहरु तथा नियमक निकायहरु प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै आगामी दिनमा नेपालको बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै न्युन बीमाशुल्क दरमा नयाँ नयाँ बीमा योजना मार्फत सुलभ, सरल एवं आधुनिक सेवा प्रदान गरिरहने प्रतिबद्धता ब्यक्त गर्दछौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस