Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुलीमा हात्ती आतंक रोक्न माग गर्दै प्रजिअ समक्ष स्थानियबासीको ज्ञापन पत्र

आइतबार, २० जेठ २०७५, १७ : २० मा प्रकाशित

सिन्धुलीमा हात्ती आतंक रोक्न माग गर्दै प्रजिअ समक्ष स्थानियबासीको ज्ञापन पत्र

शंखर पहाडी,गौरब,

अर्थ सन्सार सिन्धुली–सिन्धुलीको कमलामाई नगरपालीकाका विभिन्न वडाहरुमा भएको जंङ्गली  हात्तीको आतंक नियन्त्रण गर्न  माग गर्दै  स्थानियबासीले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ज्ञापन पत्र बुझाएका छन ।

कमलामाई नगरपालीकाको वडा नम्बर ९,१३ र १४ मा जंङ्गली  हात्तीले स्थानिय बासीको घर भत्काउने तथा अन्नबाली नष्ट गरेको भन्दै हात्ती भगाउनुको साथै क्षेतीपुर्तिको माग गर्दै स्थानियबासीले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले हाती आतंक बन्द गर्न हातीको स्थानान्तरण गर्न वन तथा भु संरक्षण मन्त्रालय समक्ष अनुरोध गर्ने र मानविय क्षेती नहोस भन्नका लागि हातीबाट जोगिन सबैलाई सुचना गर्ने स्थानियबासीलाई आश्वाशन दिएको स्थानियबासीले अर्थ सन्सार सिन्धुलीलाई बताए ।

तत्कालै जिल्ला वन कार्यालय सिन्धुली सिन्धुलीका सुरक्षा निकाय स्थानिय जनप्रतिनिधीहरु तथा स्थानियबासीको संयुक्त पहलमा हाती धपाउन सुर गर्ने प्रमुख जिल्ला अधिकारी ढकालले आश्वासन दिनु भएको एक स्थानियबासले बताए ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार आत्तीहरु बस्ती छिर्ने गौँडाहरुमा स्थानिय संरचना निर्माण गर्ने साथै हातीले क्षेती पुर्याएको घरगोठ तथा अन्नबालीको क्षेतीको विवरण संकलन गरी क्षेती पुर्ति समितिले विवरण तयार गर्ने निर्यण भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले  जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको