Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुलीमा कृषक अनुदान वितरणमा अनियमितता

आइतबार, २० जेठ २०७५, १९ : २१ मा प्रकाशित

सिन्धुलीमा कृषक अनुदान वितरणमा अनियमितता

शंखर पहाडी,गौरब

अर्थ सन्सार सिन्धुली –सिन्धुलीमा कृषक अनुदान वितरणमा अनियमितता भएको छ । नेपाल सरकारले जिल्ला कृषि विकास कार्यालय मार्फत जिल्लाका कृषकहरुलाई विभिन्न शिर्षकमा अनुदान दिइरहेको छ । नेपाल सरकारले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत  व्यावसायिक कृषकहरुलाई दिने अनुदानमा अनियमितता भएको सिन्धुलीका कृषकहरुले गुनासो गरेका छन ।

व्यवसाय गरिरहेका र कतिपय व्यवसाय गर्न चाहनेहरुलाई अनुदान दिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले बताई रहँदा सिन्धुलीको गोलन्जोर ५ का दिनेश सापकोटाले भने अहिलेसम्म विउविजन, औजार केहीमा पनि अनुदान नपाएको अर्थ सन्सार सिन्धुलीलाई बताए ।

सापकोटाले ६ वर्षदेखि व्यवसायिक रुपमा तरकारी खेति गरिरहेका छन अनुदानका लागि पटक पटक फारम भँरे तर अहिले सम्म कुनै सानो राहत पनि पाएको छैन उनको गुनासो छ ।  आर्थिक वर्ष २०७१/७२ देखि लगातार  युवा लक्षित कार्यक्रमको फारम भरेका सापकोटा अनुदान पनि पहुच हुनेहरुले मात्र पाउदा रहेछन् भन्ने लागेको बताउछन्।

‘सरकारले दिने अनुदानमा पनि चिनजान र आफ्ना मान्छे चाहिने रहेछ । हामी जस्ता कोहि नचिनेकोले त नपाइने रहेछ ।’ सापकोटाको भनाई छ ।  उनि  भन्छन, ‘वास्तविक कृषकहरुले भन्दा पनि बढि मात्रामा गैर कृषकले अनुदान पाइरहेका छन् । ’

स्वदेशमै स्वरोजगार बन्न चाहनेहरुलाई सरकारले प्रोत्साहन स्वरुप विभिन्न शिर्षकमा अनुदान दिन्छ भन्ने कुरा आफुलाई आज भोली झुटो लाग्न थालेको उनले बताए । ‘आफ्नो गाउँ,ठाउँमा कामको मूल्याङकन नहुने भएपछि बरु खाडी नै जाउ जस्तो लाग्न थालेको छ ।’सापकोटाको भनाई छ ।

सिन्धुली जिल्लामा व्यावासायिक रुपमा कृषी पेशा गरेका वास्तविक किसानहरुले अनुदान  पाउन नसेको गुनासो गरी रहँदा जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख होमराज विष्ट सवै किसानलाई समेट्ने प्रयास गरेको बताउछन ।

अनुदानका लागि कृषकले पटक पटक फारम भर्दा पनि किन पर्न सकेनन् भन्ने अर्थ सन्सार सिन्धुलीको प्रश्नमा सिमित कोटाको लागि धेरै जनाको आवेदन परेकाले त्यसो भएको हुन सक्ने प्रमुख विष्टले बताए । प्रमुख विष्टले पन्छिनको लागि यस्तो जवाफ दिने गरेको र अधिकांश पहुच हुनेहरुले नै अनुदान पाउने गरेको जिल्लाका व्यावसायीक कृषकहरुको आरोप छ ।

त्यस्तै सिन्धुलीको गोलन्जोर गाउँपालीकामा साना किसान परियोजना अन्र्तगत युवा लक्षीत कार्यक्रममा समेत अनियमितता भएको छ । साना किसान परियोजनाको सहयोगमा  जिल्ला पशु सेवा कार्यालयले उपलब्ध गराएको  गाईभैसी खरीद कार्यक्रममा अनियमितता भएको हो ।

गाउँ पालीकाको छनोटमा उद्यमसिल किसानको छनोट गरी प्रति किसान रु ४० हजार साना किसान परियोजनाले जिल्ला पशु सेवा कार्यालय सिन्धुली मार्फत उपलब्ध गराएको रकममा समेत अनियमितता भएको स्थानिय किसानहरुले आरोप लगाएका छन । सिन्धुलीको गोलन्जोर ३ मा ७ जना किसानलाई प्रति किसान रु ४० हजार रकम उपलब्ध गराएको र २५ प्रतिशत किसान आफैले लगानि गर्नु पर्ने कार्यक्रममा कतिपय किसानहरुले रु १५ हजारको भैसीको पाडी किनेर बाँकी रकम अनियमितता गरेका हुन ।  
अनुुदान पाउने किसानहरुमा गोलन्जोर ३ का बृहस्पती थापा, भाषकर थापा,मोहन तामांग ,बिर बहादुर माझी ,खेम बहादुर बस्नेत,झलक प्रसाद कर्र्की र  इन्दिरा श्रेष्ठ रहेका छन ।

उनिहरुलाई आबश्यक पशु औषधी गोठ सुधार, यातायात खर्च समेत परियोजनाले उपलब्ध गराएको थियो । त्यसभित्र १० हजार रकम गोठ सुधारको लागि समेत परियोजनाले उपलब्ध गराएको छ । साना किसान परियोजना मार्फत जिल्ला पशु सेवा कार्यलय सिन्धुलीले गोलन्जोर ३ मा किसानहरुको लागि  गाई तथा भैँसी खरीदका लागि अनुदान वितरण गरेको थियो । 

जसमा आएको अनुदान भन्दा पनि कममा गाई भैसी खरीद गर्दा समेत जिल्ला पशु सेवा कार्यालय सिन्धुली र गोलन्जोर गाउँ पालीका मौन रहेको छ । कतिपय किसानहरुले ४० हजार अनुदान र त्यसको २५ प्रतिशत निजी लगानी गरि गाई तथा भैँसी खरिद गरेका भएपनि केही किसानहरुले जम्मा १५ हजारको पाडी किनेर बाँकी रकम भm्वाम्म पारेका अन्य किसानहरुको आरोप छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको