अर्थ संसार, काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको भन्दा कम मात्रामा पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई बिक्री वितरणमा रोक लगाएको छ ।
विभागले अनुगमनका क्रममा कम पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने हरिसिद्धि आयल स्टोर शान्तिनगर र कनक ट्रेड सेन्टर टेकुलाई बिक्री इन्धन वितरणमा रोक लगाएको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पाँच वटा पेट्रोल पम्पको अनुगमन गरिएकामा दुईवटा पेट्रोल पम्पले तोकिएको मापदण्डभन्दा कम पेट्रोल बिक्री गरेकाले बिक्रीवितरणमा रोक लगाइएको जानकारी दिनुभयो ।
“हरिसिद्धि आयल स्टोरले पाँच लिटरमा ३० मिलिलिटरसम्म कम र कनक ट्रेड सेन्टर टेकुले पाँच लिटरमा ४५ मिलिलिटरसम्म कम बिक्री गरेको पाएपछि बिक्रीवितरणमा रोक लगाएका हौँ”– उहाँले भन्नुभयो ।
अनुगमन गरिएकामध्ये थ्री ब्रदर्श आयल स्टोर बानेश्वर, सीता केयर प्रालि कालिमाटी र नेवाः ट्रेड कन्सर्न ढल्कोको सही परिमाण फेला पारेको विभागले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस