अर्थ संसार, काठमाडौं– नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला शुरु भएको छ । नेपाली जुत्ताघरको आयोजनामा यस अघि ७ वटा बिगसेल मेला सफलता पूर्वक सम्पन्न भएपश्चात वर्षा याममा पनी ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी बिगतका वर्ष देखि सुरु गरिएको नेपाली जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पनि सुरु भएको छ ।
नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पाटी, अद्धवैतमाग बागबजार, बुद्ध मल बालाजु स्थीत आफ्नै बिक्रि कक्षमा आइतबारदेखि स्टक रहुन्जेल सम्मका लागी यो योजना सञ्चालन गरिएकोे हो ।
यो वृहद समरसेल २०७५ को प्रमुख उद्धेश्य भनेको नेपाली जुत्ता उद्योगहरु बाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु निश्चित समयको लागी ७० प्रतिशत सम्मको बिशेष छुट र रु.३०० देखी बिशेष सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयात लाई न्युनिकरण गर्न सहयोग पुर्याउनुनै रहेको छ ।
साथै आम जनमानसमा रहेको सेल मेला भन्ने बित्तिकै कम्पनीको स्टकमा रहेका पुराना तथा बिग्रीएका जुत्ताहरु बिक्रि गर्ने बुझाई भनौ या गलत भ्रम लाई चिर्नका लागी कम्पनीका गुणस्तरीय एवं आकर्षक जुत्ताहरुलाई विशेष छुटका साथ यो मेलामा बिक्रि गर्न लागिएको होे ।
यस मेलालाई उपभोक्ताले सर्व सुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीका यस अघिका अन्य मेलामा आउने उपभोक्ताहरु हाम्रो उत्पादनको गुणस्तर तथा विश्वसनीयताले गर्दा मेलाको प्रतिक्षामा रहने र आफुलाई चाहिने जुत्ता तथा चप्पल मेलामानै खरिद गर्दै आएको र जसको फलस्वरुप नियमित रुपमा नेपाली जुत्ता तथा चप्पलहरुको प्रयोगकर्ता बढदै गएको स्काई सुजका प्रवन्ध निर्देशक मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
यो समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड गरि ११ वटा ब्राण्डका जुत्ता चप्पल हरु बिक्रि वितरण गरिनेछ । माथी उल्लेखित ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध हुनेछन ।
यो समर सेल मेलामा करीव १ लाख देखी १ लाख ५० हजार को हाराहारीमा आगन्तुक हरुले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पल हरु बिक्रि गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस