Like us!
Follow us!
Connect us!
Watch us!

रोल्पाको थवाङमा जनता बैंक, पुग्यो ११७ वटा शाखा

सोमबार, २१ जेठ २०७५, १२ : ०५ मा प्रकाशित

रोल्पाको थवाङमा जनता बैंक, पुग्यो ११७ वटा शाखा

अर्थ संसार, काठमाडौं– ग्रामिण क्षेत्रमा शाखा विस्तारको क्रममा जनता बैंक नेपाल लिमिटेडले रोल्पा जिल्लामा थप नयाँ शाखा स्थापना गरी कारोबार सुर गरेको छ ।

रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं.–२ स्थित थवाङ शाखाबाट कारोवार सुरु गरिएको हो । रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो भने सोही जिल्लामा अन्य २ शाखाहरु पनि खुल्ने क्रममा रहेका छन् ।

थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्ने यो शाखाबाट स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् ।

रोल्पा जिल्लाको यस विकट गाउँपालिकामा बैंकिङ पहुँच पुगकोले स्थानीय जनताहरुको जिवन स्तरमा केही भए पनि सहजता आउने बैंकले विश्वास लिएको छ ।

यस सँगै जनता बैंकको देश भरीमा शाखा सञ्जाल ११७ पुगेको छभने बैंकले ४० शाखा रहित बैंकिङ्ग, २सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको