अर्थसंसार
काठमाडौँ - मुल्य घटेसँगै बजारमा सुन अभाव देखिएको छ । हिजोआज बजारमा सुनको कारोवार बढेपछि सुनको अभाव भएको हो । व्यापारीले समेत समयमै माग अनुसारको सुन पाएका छैनन् । महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यका अनुसार बजारमा सुनको चरम अभावभएकाले व्यापारीले केहीमूल्य बढाएका छन् ।
अभावका कारण प्रतितोला ५१ हजार ८ सय रुपैयाँ रहेको सुने व्यापारीले ५२ हजार ३ रुपैयाँखर्चिनु पर्दछ । व्यापारीहरुले कम्तीमापनि ५ सय रुपैयाँमार्जिन राखेर मात्रै सुन दिने गरेका छन् । बिहेकाो सिजनमंसिर सकिए पनिहाल दैनिक २५ देखि ३० केजीको हाराहारीमा सुनको माग रहेको छ । त्यो परिमाणमा सुनको माग रहँदा बैंकले दैनिक १५ केजी सुन दिइरहेका छन् । राष्ट्र बैंकले दैनिक १५ केजी सुनको कोटा छुट्याएकाले बजारमाअभाव देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस