Like us!
Follow us!
Connect us!
Watch us!

हावाहुरी र मर्मतका कारण ७३ मेगावाट विद्युत् प्रणाली बाहिर

सोमबार, २१ जेठ २०७५, १८ : ३० मा प्रकाशित

हावाहुरी र मर्मतका कारण ७३ मेगावाट विद्युत् प्रणाली बाहिर

अर्थ संसार, काठमाडौँ– हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाट ७३ मेगावाट बिजुली बाहिरिएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीकाअनुसार चिलिमे, मैलुङखोला, कुलेखानीको १ र २ आयोजनाको दुई विद्युतगृहबाट बिजुली उत्पादन बन्द भएको हो । ती आयोजनाको विद्युत् हावा हुरीका कारण प्रसारण प्रणालीमा आएको अवरोधका कारण प्रणलीबाट बाहिरिएको हो ।

चिलिमे–त्रिशुली ६६ केभी प्रसारणलाइन हावा हुरीका कारण चिमिलेको २२ मेगावाट र मैलुङ खोलाको पाँच मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको हो ।

यस्तै आइतबारदेखि कुलेखानी दोश्रोको एक युनिटको जेनेरेटरको आर फेजमा इन्सुलेसन रेजिस्ट्यान्स अत्यन्त कम भइ समस्या उत्पन्न् भएको छ ।

कुलेखानी दोस्रोको १६ मेगावाट र कास्केड बिद्युतगृह भएकाले त्यसका कारण कुलेखानी पहिलोको एउटा युनिट ३० मेगावाट गरी ४६ मेगावाट उत्पादन हुन सकेको छैन ।

यस्तै मोदी–लेखनाथ–पोखरा १३२ केभी प्रसारणलाइन टावर मर्मतका लागि बन्द भएको छ । उता टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारणलाइन नियमित मर्मत सम्भारका लागि बन्द भएको छ । यी यस्ता कारणले गर्दा प्रणालीबाट ७३ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको