Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र स्टार अस्पताल बीच सम्झौता

मंगलबार, २२ जेठ २०७५, १६ : ५२ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र स्टार अस्पताल बीच सम्झौता

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक र स्टार अस्पताल बीच  मंगलबार  अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख  गणेश अवस्थी र स्टार अस्पतालका प्रबन्ध निर्देशक, डा. शाहिल रुपाखेतिले हस्ताक्षर गर्नुभएको हो ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौतापश्चात स्टार अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट प्राइभिलेज क्रेडिट कार्ट, डेबिट/क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा ग्राहकका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२९ वटा शाखा, १३१ वटा एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ८७ वटा शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

भविष्यमा पनि ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा अन्य अतिरिक्त सुविधा दिने उद्देश्यले विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याउन प्रयासरत छ ।

यो पनि पढ्नुहोस्

एक कित्ता पनि सेयर कारोबार नभएको दिन 

एनएमबी बैंकको एफपीओ जेठ ३० गतेदेखि, लगानी गर्दा फाइदा कि वेफाइदा ? 

धम्कीपछि सेयर कारोबार बन्द

पूँजीगत लाभकर बढाइएकोमा विरोध जारी, आज होला सहमति ? 

राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने, अषाढ ५ देखि २५ गतेसम्म बुक क्लोज

आरएसडिसी लद्युवित्तको समायोजन मूल्य कति ? 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको