अर्थ संसार, काठमाडौ – बचत तथा ऋण सहकारी संस्थाहरूको तेस्रो ‘शिखर सम्मेलन’ यही जेठ २४ र २५ गते राजधानीमा हुने भएको छ । यसअघि पहिलो सम्मेलन २०६८ र दोस्रो २०७१ सालमा भएको थियो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को आयोजना र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा उक्त सम्मेलन हुन गइरहेको हो । सम्मेलनमा देशभरका ६२० सहकारीकर्मीको सहभागिता र विभिन्न विषयसँग सम्बन्धित ११ वटा कार्यपत्र प्रस्तुत गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेफ्स्कूनमा तीन हजार १०० बचत संस्था आबद्ध छन् । करिब दुई हजार २०० संस्थाले नेफ्स्कूनमा बुझाएको वित्तीय विवरणअनुसर झण्डै रु तीन खर्बभन्दा बढी रकम बचत छ ।
सम्मेलनमा सहकारी संस्था (साकोस) को स्थिरीकरण, कोष कार्यान्वयन, समुदायको वित्तीय समावेशीकरणमार्फत जनताको जीवनस्तरमा कसरी परिवर्तन ल्याउने भन्ने उद्देश्यले शिखर सम्मेलन आयोजना गरिएको संयोजक परितोष पौड्याले बताउनुभयो ।
विगत ३० वर्षदेखि बचत तथा ऋण सहकारीको अभियानमार्फत समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक जीवनस्तर उठाउन क्रियाशील नेफ्स्कून एशियाली ऋण महासंघ र विश्व ऋण परिषद्को सदस्य संस्था हो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव गोपी मैनालीले देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकास तथा परिवर्तनमा प्रत्यक्ष टेवा पुर्याउने कार्यमा सरकार सदैव सहयोगीका रूपमा अघि बढ्ने बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस