Like us!
Follow us!
Connect us!
Watch us!

ठगहरु धमाधम पक्राउ पर्दै

बुधबार, २३ जेठ २०७५, १२ : ०२ मा प्रकाशित

ठगहरु धमाधम पक्राउ पर्दै

अर्थ संसार, काठमाडौ– महानगरीय अपराध महाशाखाले रु चार लाख ५८ हजार रुपैँया ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले राष्ट्रिय वाणिज्य बैँकमा ऋण अधिकृत रहेका धादिङका ३० वर्षीय राजेन्द्रप्रसाद लुइँटेललाई सोमबार कलंकीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

लुइटेलले कृष्णप्रसाद भट्टराईको मोरङमा रहेको जग्गा धितो राखी रु एक करोड ऋण मिलाइदिन्छु भन्दै रु चार लाख ५८ हजार लिएर फरार भएका थिए । रकम लिएर फरार भएका लुइँटेललाई भट्टराईले जिल्ला अदालत काठमाडौँमा निवेदन दिएपछि पक्राउ गरेको हो ।

लुइटेललाई ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७३ जेठ १० गते एक वर्ष कैद र रु चारलाख  ५८ हजार जरिवाना सुनाएको थियो । पक्राउ लुइँटेललाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको