Like us!
Follow us!
Connect us!
Watch us!

कर्मस जनरल बचत तथा ऋण सहकारी संस्थाको  ३ लाख चोरी

बुधबार, २३ जेठ २०७५, १३ : ५५ मा प्रकाशित

कर्मस जनरल बचत तथा ऋण सहकारी संस्थाको  ३ लाख चोरी

शंखर पहाडी,गौरब 

अर्थ सन्सार सिन्धुली –सिन्धुलीको गोलन्जोर गाउँ पालीका ३ मा रहेको एक सहकारीमा चोरी भएको छ ।गोलन्जोर ३ ग्वाल्टारमा रहेको कर्मस जनरल इन्भेस्टमेन्ट कम्पनी प्रा.ली र कर्मस जनरल बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको प्रहरीले जनाएको छ ।

 जेठ २२ गते राती अपरिचित समुहले सहकारीको ढोका तोडफोड गरी चोरी गरेको कर्मस जनरल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक दिपेन्द्र पोखरेलले अर्थ सन्सार सिन्धुलीलाई जानकारी दिनु भयो ।

 सहकारीको ढोका,सेफ तथा दराज फोरी करिब ३ लाख चोरी भएको पोखरेलको भनाई छ ।  आफुले कार्यालय बन्द गरी घर गएको र आज बिहान कार्यालय समयमा कार्यालय आउँदा ताल्चा फोरेको अवस्था देखेपछि प्रहरीलाई खबर गरेको पोखरेलले बताउनु भयो ।

घटनाको ईलाका प्रहरी कार्यालय खुर्काेटले अनुसन्धान गरी रहेको ईलाका प्रहरी कार्यालय खुर्काेटका प्रहरी प्रमुख प्रहरी निरिक्षक अशोक कुमार झाले बताउनु भयो । प्रहरी निरिक्षक झाका अनुसार सहकारीको ढोका  तथा सेफ र दराज तोडफोड भएको तर सहकारीको कार्यलयमा रहेको कम्प्युटर तथा अन्य सामाग्री चोरी नभएको प्रहरीको भनार्ई छ । चोरको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सरकारले घुडा टेक्यो , पूरानै व्यवस्था अनुसार सेयरमा पूँजीगत लाभकर लाग्ने, अर्थ मन्त्रालयले लेख्यो पत्र 

सेयर बजार खुल्यो, उत्साहजनक कारोबार हुँदै 

प्रधानमन्त्रीको चीन भ्रमण : रसुवागढी–काठमाडौँ रेल मार्ग प्राथमिकता 

औद्योगिक करिडोरमा आई भोल्टेज प्रसारण लाइन बनाउँदै प्राधिकरण 

ऊर्जामन्त्री पुुन देश दौडाहामा 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको