Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकमा पोओस सेवा

विहीबार, २४ जेठ २०७५, ०७ : २८ मा प्रकाशित

जनता बैंकमा पोओस सेवा

अर्थ संसार, काठमाडौं - नेपाल सरकारको नगद रहित कारोवार अवधारणालाई मध्यनजर गर्दैै ग्राहकहरुको सुविधालाई समेत ध्यानमा राखेर जनता बैंकनेपाललिमिटेडले भिसा ईन्टरनेशनलसँग आवद्घ भई देश भरी रहेका आफ्ना शाखा सञ्जाल मार्फत विभिन्न व्यापारिक संघसंस्था, अस्पताल आदिबाट(पोस) pos सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त सेवासञ्चालन पश्चात स्वदेश तथा विदेशका बैंक तथावित्तीय संस्थाकाग्राहकहरुले आफ्ना डेविट तथा क्रेडिट कार्ड मार्फत नगद रहित भुक्तानी कारोवार गर्न सक्नेछन् ।

जनता बैंक नेपाल लिमिटेडका ट्रान्जाक्सन बैंकिङ्ग विभाग प्रमुख निरज शर्मा र आईमार्क प्रा. लि. का प्रबन्धनिर्देशक  रामप्रसाद ढुगांनाले pos सेवा सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर गर्नुभएको छ ।

 


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको