Like us!
Follow us!
Connect us!
Watch us!

लगानी बोर्डले भन्यो ‘पश्चिम सेतीमा कुनै निर्णय भएको छैन’

विहीबार, २४ जेठ २०७५, १५ : २५ मा प्रकाशित

लगानी बोर्डले भन्यो ‘पश्चिम सेतीमा कुनै निर्णय भएको छैन’

अर्थ संसार, काठमाडौ – लगानी बोर्डले पश्चिम सेती जलविद्युत् परियोजनाको विकास कर्ता कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसन (सिटिजिआइ)ले बुझाएको प्रतिवेदनका विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

 प्रदेश ७ मा अवस्थित ७५० मेगावाट क्षमताको उक्त परियोजना सिटिजिआइले परियोजना आर्थिकरुपमा सम्भाव्य बनाउने विषयमा थप स्पष्ट पत्राचार गरेको र लगानी बोर्डको २५औँ बैठकले सो सम्बन्धमा सुझाव दिन गठित समितिले प्रतिवेदन बोर्डसमक्ष पेश गरेको बोर्डले जनाएको छ ।

 बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले  जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सिटिजिआइले पेश गरेको प्रतिवेदन विचाराधीन अवस्थामा रहेको र सो सम्बन्धमा कुनै निर्णय नभएको उल्लेख छ ।

 उक्त परियोजनाका विषयमा सार्वजनिक भएको बजेट वक्तव्यसँग जोडेर सञ्चारमाध्यममा आएको समाचारप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको