Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले थप्यो तिन नयाँ स्थानमा एटिएम सेवा

विहीबार, २४ जेठ २०७५, १६ : २६ मा प्रकाशित

ज्योति विकास बैंकले थप्यो तिन नयाँ स्थानमा एटिएम सेवा

अर्थ संसार, काठमाडौं-  ज्योति विकास बैंक लिमिटेडले आफ्नो ग्राहक वर्गहरुमा सेवा विस्तार गर्ने क्रममा थप तिन वटा शाखामा एटिएम सेवा विस्तार गरेको छ ।

बैंकले  काठमाडौं उपत्यका भित्रका शाखा कार्यालय पेप्सिकोला, नेपालटार र उपत्यका बाहिरको शाखा कार्यालय विराटनगरबाट संचालनमा ल्याएको छ ।

यससँगै वैंकले १७ स्थानबाट  एटिएम (ATM )   सेवालाई  आफ्नो ग्राहकवर्गमा पुर्याएको छ । हालै मात्र वैंकले SCT Card लाई प्रतिस्थापन गरि Visa Debit Card ल्याएको हो । यस बैक ग्राहक महानुभावहरुलाई आत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको छ । 

बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि (Reliable Corporate Image) बजारमा स्थापितगर्न सफलभएकोे छ ।

आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवा आस्वा ( ABBS) सेवाका साथै आफ्नै रेमिट सेवा ज्योति रेमिट समेत संचालनमा ल्याएको छ । हाल बैंकले ५४ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ ।

यस आर्थिक वर्ष भित्रनै बैंकले थप ५ वटा नयाँ शाखा तथा थप ५ स्थानमा ATM   संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व २० करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ३० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको