Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले खोल्यो मकवानपुरमा २ शाखा, पुग्यो १२९ वटा

विहीबार, २४ जेठ २०७५, १७ : २१ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले खोल्यो मकवानपुरमा २ शाखा, पुग्यो १२९ वटा

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड पछिल्लो समय शाखा विस्तारमा आक्रमक बनेको छ ।

बैंकले बुधबारदेखि  मकवानपुर जिल्लाको थाहा नगरपालिका – ९, चित्लाङ्गमा ८८ औँ र बिहीबादेखि सोही जिल्लाकै मकवानपुरगढी गाँउपालिका – ५, धादिङ्ग बजारमा ८९ औँ शाखारहित बैकिङ्ग  सेवा सुरु गरेको छ ।

चित्लाङ्गमा खोलिएको ८८ औँ शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले गर्नुभयो र स्थानिय राजन कपालीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

धादिङ्ग बजारमा खोलिएको ८९ औँ सेवाकोे सेवाको उद्घाटन मकवानपुरगढी गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष दिप बहादुर घिमिरेले गर्नुभयो र स्थानिय राजन कपालीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२९ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८९ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

5b191a5404729.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको