अर्थ संसार, काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र पोखरा विश्वविद्यालय को सयुक्त आयोजनामा प्रदेश नं ४ को राजधानी पोखरामा Fundamental Of Life Insurance and Its Market Trends in Nepal बिषयमा एक दिवसिय सेमिनार सम्पन्न भएको छ ।
गुराँस लाइफ इन्स्योरेन्स कं लि का प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई तथा पोखरा विश्वविद्यालय का डिन प्रा. हरी बहादुर खड्का को प्रमुख आतिथ्य एवं कम्पनी का क्षेत्रीय प्रमुख बाबुराम पौडेल को अध्यक्षता मा संचालन गरीएको उक्त कार्यक्रमा वीमा योजना तथा बजार रणनिति वारेमा बोल्दै क्षेत्रीय प्रमुख पौडेलले वीमा योजनाहरु आधुनिक आवश्यकता अनुरुप भएमा यसको बजारीकरणमा सहज हुने कुरा बताउनु भयो ।
त्यसै गरी समग्र जीवन वीमाको बजार तथा नेपालमा यसको अवस्था वारेमा वोल्दै पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रविन्द्र घिमिरेले विभिन्न तथ्यांक प्रस्तुत गर्दै बजारको माग अनुरुप विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने तथा आवश्यकता अनुरुप सम्बन्धीत निकायको सहर्कायमा पाठ्याक्रम परिर्माजन गरि समय सापेक्ष बनाउने बताउनु भयो ।
यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई ज्युले जिवन वीमा को प्रकृया तथा जिवन वीमा कम्पनीको साँगठनीक ढाँचा, दावी भुक्तानी प्रकृया, अण्डरराइटिङ्ग सम्बन्धी व्यवस्था , कम्पनीको वोनस निर्धारण प्रकृयाहरुको बारेमा सहभागीहरुलाइ प्रशिक्षण गराउनु भएको थियो ।
उहाले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १० औँ वर्ष सफलता पुर्वक पार गरी ११ वर्ष लगेको अवसरमा कम्पनीले आफ्ना ग्राहकलाइ उच्चतम प्रतिफल दिने स्पस्ट पार्नुभयो । १५० जनाको सहाभागीता रहेको उक्त र्कायक्रममा पोखरा विश्वविद्यालयका स्ववियु सभापती सुनिल तिमिल्सेना तथा Study Group Of Banking and Insurance का अध्यक्ष विनिता थापा लगायतले शुभकामना मन्तव्य राख्नू भएको थियो ।
गुराँस लाइफ इन्स्योरेन्स क लि का क्षेत्रीय कार्यालयका कर्मचारी श्याम प्रसाद तिमिल्सेना तथा उमाकान्त बरालले सहजीकरण गरेको उक्त र्कायक्रमको सञ्चालन गुराँस लाइफ इन्स्योरेन्स क लि का क्षेत्रीय मार्केटिङ्ग अधिकृत प्रकास रेग्मी ले गर्नुभएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस