Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनीको ३ लाख ६४ हजार कित्ता सेयर लिलामीमा

शुक्रबार, २५ जेठ २०७५, ०८ : ४७ मा प्रकाशित

लुम्बिनीको ३ लाख ६४ हजार कित्ता सेयर लिलामीमा

अर्थ संसार,काठमाडौं - लुम्बिनी विकास बैंकले शुक्रबार (आज) देखि ३ लाख ६४ हजार ८३६.४४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । यसपटक भने यो संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।लिलामी भर्ने अन्तिम समय असार ८ गतेसम्म छ ।

न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् ।

बैंकले यसअघि वैशाख २ देखि ९ गतेसम्म पनि ३ लाख ७९ हजार ८३६ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको थियो । तर, त्यस अवधिमा संस्थापक समूहबाट सबै सेयरका लागि आवेदन नपरेपछि फेरि लिलामी गर्न लागेको हो ।

 हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब १४ करोड ९६ लाख ३४ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षका तेस्रो त्रैमासमा यस बैंकले १८ करोड ४४ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

थप जानकारीको लागि

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको