Like us!
Follow us!
Connect us!
Watch us!

महुली सामुदायिक लघुवित्तको सेयरमा लगानी गर्दा नाफा कि नोक्सान ? हेरौं कम्पनी विश्लेषण

आइतबार, २७ जेठ २०७५, ०८ : ४७ मा प्रकाशित

महुली सामुदायिक लघुवित्तको सेयरमा लगानी गर्दा नाफा कि नोक्सान ? हेरौं कम्पनी विश्लेषण

कम्पनीले सार्वजनिक गरेको चालू आव २०७४/७५ को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार रू. २ करोड ४१ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५ प्रतिशतले कमी हो । कम्पनीको खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । तेस्रो त्रैमासमा कम्पनीको चुक्तापूँजी १ सय १४ प्रतिशतले बढेर रू. ६ करोड पुगेको छ भने रिजर्भ कोषमा रू. १५ करोड ९१ लाख राखेको छ ।

कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ९५ लाख २४ हजार छुट्याएको छ । साथै, कम्पनीले पूँजी वृद्धिका लागि २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्नको लागि वैशाख १९ गते निवेदन दिएको छ ।

कम्पनीले रू. १ सय अङ्कित दरको ३ लाख कित्ता हकप्रद सेयर जारी गर्न निवेदन दिएको हो । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

वर्गीकरणः लघुवित्त
पछिल्लो व्यापार मूल्यः रू.२७०५
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ३३४१
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. १३९८
१८० दिनको भारित औसत मूल्यः रू. २७८३.९७

कम्पनीका महत्वपूर्ण अनुपात :

व्यवस्थापन समूह :
अध्यक्षः प्रभु नारायण चौधरी
प्रबन्ध निर्देशकः रोसन कुमार मन्दर
प्रधान कार्यालयः बकधुवा- ०९, सप्तरी, नेपाल
शाखाः ३१
वेबसाइटः www.mslbsl.com.np
स्टक सङ्केतः एमएसएलबि

कम्पनीका महत्वपूर्ण वित्तीय परिसूचक (रू. हजारमा) :

महत्वपूर्ण अनुपात :

आधारभूत विश्लेषण :
कम्पनीको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • चुक्तापूँजीको तुलनामा खुद नाफा (० दशमलव ९) प्रतिशतबाट घटेर ४० दशमलव ३२ प्रतिशतमा सीमित भएको छ । चैत मसान्तसम्ममा कम्पनीले रू. ६८ करोड २२ लाख निक्षेप सङ्कलन गरी रू. १ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ ।

  • कम्पनीको खुद ब्याज आम्दानी रू. ९ करोड ६१ लाख, कर्मचारी खर्च रू. ५ करोड ४२ लाख, अन्य सञ्चालन खर्च रू. १ करोड २२ लाख र सञ्चालन नाफा रू. ४ करोड १३ लाख पुगेको छ । कम्पनीको स्थिर सम्पत्ति २५ प्रतिशतले बढेर रू. ८२ लाख १३ हजार र अन्य सञ्चालन खर्च ४६ प्रतिशतले बढेर रू. ३ करोड ७० लाख पुगेको छ ।

  • कम्पनीको कष्ट अफ फण्ड ९ दशमलव ०७ प्रतिशत, पूँजी कोष पर्याप्तता १४ दशमलव ७२ प्रतिशत र निष्क्रिय कर्जा १ दशमलव ८२ प्रतिशत रहेको छ ।

  • कम्पनीको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. ५३ दशमलव ७५, मूल्य आम्दानी अनुपात ५९ दशमलव ७३, तरलता अनुपात ७ दशमलव ३८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ३ सय ६५ दशमलव २० पुगेको छ । बिहीवारको शेयरमूल्य नेटवर्थको साढे ७ गुणा बढी छ ।

प्राविधिक विश्लेषण :

  • बिहीवार भएको सेयर कारोबार विवरण:

मैनबत्ती विश्लेषण :

६ मार्च २०१८                                                                                   ७ जुन २०१८

स्ट्याण्डर्ड डेभिएशन:

६ मार्च २०१८                                                                            ७  जुन २०१८

आरएसआई :

६ मार्च २०१८                                                                                ७ जुन २०१८

मुभिङ एभरेज :

६ मार्च २०१८                                                                                    ७ जुन २०१८

  • मैनबत्ती विश्लेषणः कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारोबोजु आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीको सेयर मूल्य आगामी दिनमा घट्ने सङ्केत देखाउँछ ।

  • आरएसआईः कम्पनीको ६१ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (४७ दशमलव २२ स्केल)मा छ । यसले सेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ६१ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन (४ दशमलव ९) विन्दुमा उतारचढाव छ ।

  • मुभिङ एभरेजः कम्पनीको ६१ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा निष्किएका छन् । हालको मूल्य २६ दिने औषत मूल्यरेखा, १४ दिने औषत मूल्यरेखाभन्दा तल छ । बिहीवारको सेयर मूल्य रू. २ हजार ७ सय ५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महङ्गिएमा रू. २ हजार ७ सय ६० मा प्रतिरोध र मूल्य सस्तिएमा रू. २ हजार ६ सय ९ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको