Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेण्टले ११ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

आइतबार, २७ जेठ २०७५, ११ : २३ मा प्रकाशित

सांग्रिला डेभलपमेण्टले ११ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं–  सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले सेयरधनीहरुको लागि लाभांश प्रस्ताव गर्दै १३ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

असार १७ गते अमृतभोग, कालिकास्थानमा हुने सभाले २ .५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९ .३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

बैङ्कको १२ औं साधारण सभाले पारित गरेको हकप्रद सेयरपछि कायम हुने चुक्तापूँजीको आधारमा लाभांश वितरण गर्न लागेको हो ।

साधारण सभाको छलफलमा लेखा परिक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने रहेको छ । साथै, साधारण सभा विकास बैंक तथा अन्य कुनैपनि वित्तीय संस्था एक आपसमा गाभ्ने सम्बन्धमा छलफल रहेको छ । बैंकले साधारण सभाको लागि सेयरधनी दर्ता पुस्तिका असार ४ गतेदेखि १७ गतेसम्म बन्द रहनेछ ।

5b1cbaee9acbe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको