Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लेखापरीक्षक नियुक्त

आइतबार, २७ जेठ २०७५, १९ : १४ मा प्रकाशित

युनाईटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लेखापरीक्षक नियुक्त

अर्थ संसार, काठमाडौं– युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २४औ बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ  ।

 बार्षिक साधारण सभाबाट कम्पनीको बार्षिक प्रतिवेदन पारित गर्दैै आ.ब. २०७३/०७४ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत भएको छ ।

कम्पनीको आ.व. २०७४/०७५ को लेखापरीक्षण कार्य गर्नको लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने  निर्णय गरिएको छ । 

सभामा उपस्थित सर्वसाधारण सेयरधनी महानुभावहरुबाट कम्पनीको सुधार हुँदै गईरहेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आगामी दिनहरुमा अझ सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

5b1d28c596baa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको