Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन डेभलपमेण्टको २ लाख ३६ हजार सेयर असार ३ गतेदेखि लिलामीमा

सोमबार, २८ जेठ २०७५, ०८ : १४ मा प्रकाशित

ग्रीन डेभलपमेण्टको  २ लाख ३६ हजार सेयर असार ३ गतेदेखि लिलामीमा

अर्थ संसार, काठमाडौं - ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको २ लाख ३७ हजार ५ सय कित्ता संस्थापक सेयर असार ३ गतेदेखि लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले हकप्रद सेयर २०७४ माग २ गतेदेखि फागुन २३ गतेसम्म विक्री खुला गरिएकोमा संस्थापक तर्फको सेयरमा आवेदन नपरेकाले लिलामीमा विक्री गर्न लागेको हो । बोलपत्र पेश गर्ने अन्तिम मिति असार १० सम्म रहेको छ ।

कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य १ सय तोकिएको हुँदा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको