अर्थ संसार, काठमाडौँ – सरकारले धारा, ढल, बिजुली र टेलिफोन सेवा विस्तारका लागि पिच सडक खन्न प्रतिवन्ध लगाएको छ ।
वर्षायाममा सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितीमा ल्याउन नसकिने र सडक पनि बिग्रिदै जाने भएकाले खन्न प्रतिवन्ध लगाएको छ ।
सडक विभागका अनुसार असार १ गतेदेखि भदौमसान्तसम्म ३ महिना पिच सडक खन्न नपाइने भएको छ ।
पिच सडक खन्नलाई स्वीकृति नदिन विभागले सडक कार्यलयहरुलाई परिपत्र समेत गरेको छ । स्वीकृति नलिई जवर्जस्ती सडक खनेको पाइए कडा कार्वाही गर्ने विभागले चेतावनी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस