Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति र लुम्बिनी बीच रेमिटेन्स सम्झौता

विहीबार, ३१ जेठ २०७५, १६ : ५२ मा प्रकाशित

ज्योति र लुम्बिनी बीच रेमिटेन्स सम्झौता

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेड बिच आज (विहीबार) रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा ज्योति विकास बैंककोे तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत  उमेश रेग्मीले हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा लुम्बिनी विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र लुम्बिनी विकास बैंककोे रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ ।

हाल ज्योति विकास बैँक को ५५ वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप  ५ शाखा संचालनमा आउदैछन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको