एनएसएमबिएलका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका का. मु. प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल सम्झौतापत्र आदान प्रदान गर्दै ।
अर्थ संसार, काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण सेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।
प्रतिशेयर अंकित मूल्य १०० का दरले ६० लाख कित्ता अर्थात ६० करोड बराबरको साधारण सेयर (आइपिओ) निश्कासन गर्न लागेको हो ।इन्स्योरेन्सले आइपिओको निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
इन्स्योरेन्सको कार्यालयमा आज एक समारोहविच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड का तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ ।
कम्पनीले हालसम्म ७ लाख बढी बीमालेख बिक्री गरिसकेको छ । हालसम्म २० शाखा स्थापना गरिसकेको इन्स्योरेन्सले चालु आवमा थप १५ वटा शाखा विस्तार गरि कुल ३५ वटा पुर्याउने कम्पनीको लक्ष्य छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस