अर्थ संसार, कजान – विश्वकप समूह ‘सी’को पहिलो खेलमा दाबेदारका रुपमा हेरिएको फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको छ । फ्रान्सको जितमा पल पोग्बाले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफलाई गोलहरुले रोमाञ्च थपे । एन्टोइन ग्रिजम्यानमाथि गरिएको फललाई ५८ औं मिनेटमा पेनाल्टी दिइएको थियो । सो निर्णयमा भर्चुअल असिस्टेन्ट रेफ्री ९भिएआर० को प्रयोग गरिएको थियो । आफैले जितेको पेनाल्टीमा ग्रिजम्यानले गोल परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए ।
तर त्यसको ५ मिनेट नबित्दै सामुयल उम्टिटीको ह्यान्ड बलमा अष्ट्रेलियाले पेनाल्टी पायो र कप्तान मिले जेडिनामले सो परिणत गर्दै खेल बराबर पारे । यसैगरी खेलको ८० औं मिनेटमा पल पोग्बाले प्रहार गरेको बल क्रसबारमा लाग्दै गोल(लाइन भित्र पसेर बाहिर निस्किंदा फेरी भिएआरको प्रयोग गरिंदै गोल दिइएको थियो ।
यस जितसंगै समूह ‘सी’मा फ्रान्सले ३ अंक बटुल्न सफल भएको छ । अब केही बेरमा अर्जेन्टिना र आइसल्यान्ड मैदानमा उत्रिनेछन् भने समूह ‘सी’ को दोस्रो खेल पेरु र डेनमार्क बीचको खेल ९.४५ बजे सुरु हुने छ । एजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस