Like us!
Follow us!
Connect us!
Watch us!

मन्दीरमा करिब ४ लाख ५० हजारको सौर्य बत्ती जडान

शनिबार, ०२ असार २०७५, १९ : ०२ मा प्रकाशित

मन्दीरमा करिब ४ लाख ५० हजारको सौर्य बत्ती जडान

शंखर पहाडी,गौरब

अर्थ सन्सार सिन्धुली, सिन्धुलीको कमलामाई नगरपालीका ५ मा रहेको माईथान मन्दीरमा सरसफाई तथा सौर्य उर्जा फल्याक्स बत्ती जडान भएको छ ।

सिन्धुली ट्रस्ट नेपाल द्धारा सञ्चालीत सिन्धुली पुन निर्माण तथा पुन स्थापना अभियानले कमलामाई नगरपालीकाको ५ नम्बर वडामा रहेको माईथान मन्दीर परिसरको सरसफाई  तथा मन्दीरमा सौर्य उर्जा फ्ल्याक्स बत्ती जडान गरेको हो ।

जनश्रमदान बाहेक करिब ४ लाख ४५ हजारको कुल लागतमा १ सय ५० वाडको ५ वटा ठुला र अरु एलईडी बत्ती जडान गरिएको सिन्धुली पुन निर्माण तथा पुन स्थापना अभियानका अध्यक्ष उज्जल बिक्रम थापाले बताउनु भयो ।  अध्यक्ष थापाका अनुसार माईथान मन्दीर आउने झोलुङ्गे पुलमा र मन्दीर वरीपरिका रुखहरुमा मन्दीरलाई आकर्षक बनाउन सौर्य बत्ती जडान गरिएको हो ।

आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि आफुले सिन्धुली जिल्ला भरीका रहेक गाउँ पालीका र नगरपालीकामा रहेका  १/१ वटा विशेष धार्मीक स्थालहरुमा सरसफाई तथा सौर्य उर्जा फ्ल्याक्स बत्ती जडान गर्ने लक्ष्य लिएको सिन्धुली पुन निर्माण तथा पुन स्थापना अभियानका अध्यक्ष थापाले अर्थ सन्सार सिन्धुलीलाई बताउनु भयो ।

सिन्धुलीको पहिचान बोकोको  माईथान मन्दीर प्रति स्थानिय जनप्रतिनिधीहरुको ध्यान नपुगेको प्रति अध्यक्ष थापाले दुःख व्यक्त गर्नु भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको