Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको ‘‘मुद्दती खाता’ मा १२.५ प्रतिशत व्याज

सोमबार, ०४ असार २०७५, ०७ : ४२ मा प्रकाशित

मेगा बैंकको ‘‘मुद्दती खाता’ मा १२.५ प्रतिशत व्याज

अर्थ संसार, काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि आकर्षक मुद्दती खाता योजना र दुई वटा आकर्षक बचत खाता योजनाहरु ल्याएको छ ।

ग्राहकहरुको चाहना बमोजिम सर्वाधिक ब्याजदर प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा राइजिङ मुद्दती खाता’ योजना ल्याएको हो ।

न्यूनतम १ लाख रुपैँयामै मुद्दती खाता खोल्न सकिने यो खातामा मासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक १२.५ प्रतिशत ब्याज पाइनेछ । यस योजनामा ग्राहकहरुलाई निक्षेपको ९० प्रतिशत सम्म ओभरड्राफ्ट सुविधा दिइने मेगा बैंकले जनाएको छ ।

‘मेगा राइजिङ बचत खाता’ योजनामा पनि उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ । न्यूनतम १० हजार रुपैँयामै बचत खाता खोल्न सकिने यो खातामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक ८.५० प्रतिशत ब्याज पाइनेछ ।

यो योजनामा ग्राहकहरुका लागि चेकबुक, अकाउन्ट स्टेटमेन्ट, सि–आस्बा सेवा निःशुल्क बनाइएको छ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ ।

त्यस्तै ‘मेगा कर्पोरेट बेनिफिट बचत खाता’ योजनामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक ८.२५ प्रतिशत ब्याज पाइने यो खाता एक हजार रुपैँयामै खोल्न सकिनेको साथै उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ ।

यो योजनामा चेकबुक, मेगा अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट, सि–आस्बा सेवा निःशुल्क पाइनेछ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा पनि निःशुल्क गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको