Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा समान्य सुधार, १.९२ अंकले बढेको बजारमा १९ करोडको कारोबार

सोमबार, ०४ असार २०७५, १५ : २९ मा प्रकाशित

सेयर बजारमा समान्य सुधार, १.९२ अंकले बढेको बजारमा १९ करोडको कारोबार

अर्थ संसार,काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सामान्य सुधार भएको छ । धेरै दिनपछि सेयर बजारमा हरियाली देखिएको छ ।

बजार १.९२ अंकले बढ्दा १९ करोड ५२ लाख ३४ हजार १२६ रुपैयाँको कारोबार भएको छ । कुल १५४ वटा कम्पनीको ४ लाख ८४ हजार ६४५ कित्ता सेयर खरिद विक्री भएको छ ।

दुई वर्ष मात्र अर्थमन्त्री खतिवडाको सांसद पद 

क वर्गको सेयर मापन गर्ने सेन्सेटिम परिसूचक समेत ०.४२ अंकले बढेको छ । कारोबार भएको ९ वटा समूह मध्ये ५ समूह उकालो लाग्दा नेप्से १२३४.८० विन्दुमा पुगेको छ । अर्थ मन्त्री डा युवराज खतिवडाको कार्यकालको समय छोटिएसँगै सेयर बजारमा सकारात्म सन्देश गएको देखिन्छ ।

सोमबार भएको गोलाप्रथामा खतिवाडलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको छ ।  दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन।

सामान्य अंकले बढेको बजारमा समता माइक्रोफाइनानस र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले  सवै भन्दा धेरै ९ प्रतिशतले आफ्नो आम्दानी बढाएका छन् ।

यता, राधी विद्युत कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशतले आफुनो आम्दानी गुमाएका छन् ।

बढेको बजमार कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5b278256f1b14.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको