अर्थ संसार, काठमाडौं– काठमाडौँ नियम विपरीत सञ्चालन गरेको पाइएपछि काठमाडौँ उपत्यकाका दुई पसलमा शिलबन्दी गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा कलङ्कीस्थित माया ट्रेडर्स र नयाँ बानेश्वरमा रहेको फुड एण्ड एलाइट स्टोर बन्द गरिएको हो ।
ठूलो मात्रामा म्याद नाघेको औषधि बिक्रीका लागि राखिएको, मूल्यसूची र नामपाटीे तथा व्यवसाय दर्ता र नापतौल प्रमाणीकरण नभएकाले सञ्चालक स्वंयम्को जिम्मामा रहने गरी ती दुवै पसललाई बन्द गरी केही निर्देशन पूरा गरी सात दिनभित्र विभागमा आउन भनिएको अनुगमन संयोजक सुभाष चापागाईँले बताउनुभयो ।
म्याद नाघेको सामग्री बिक्री वितरण गरिएको, गोदाममा विभिन्न खाद्य सामग्री पोको नपारिएको, लेबलिङ स्टिकर कहाँबाट प्राप्त भएको स्पष्ट नभएको र मसला पसल ब्राण्ड उल्लिखित नभएको हुँदा सोको स्पष्टीकरणसहित ललितपुर, पुल्चोकमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोर प्रालि र लगनखेलमा रहेको अनुपम ट्रेडर्सलाई २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस