Like us!
Follow us!
Connect us!
Watch us!

पहिरोले घर पुरिदाँ ३ जनाको मृत्यु

मंगलबार, १२ असार २०७५, ०९ : ०५ मा प्रकाशित

पहिरोले घर पुरिदाँ ३ जनाको मृत्यु

फाइल फोटो

अर्थ संसार, बागलुङ - बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ ।

सोमबार राति साँढे ११ बजे माथिबाट खसेको पहिरोले स्थानीय ४० वर्षीय बिष्णुबहादुर घर्तीको घर पुरिदाँ घर्ती, उनकी ३५ वर्षीय श्रीमती बिष्णु घर्ती र ६ महिनाकी छोरी सोनिया खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको सूचना पाउनासाथ ईलाका प्रहरी कार्यालय बरेङका सहायक निरिक्षक मंगल नेपालीको नेतृत्वमा गएको उद्दार टोलीले मंगलबार बिहान मात्र शव निकालेको प्रहरी नायब उपरीक्षक विश्वराज सिंह थापाले बताए । खत्रीका दुई छोरी काम बिशेषले जिल्ला बाहिर गएकोले बाँचेका छन् ।

उनीहरुकागोठमा रहेका पशुचौपाया पनि पुरिएर मरेका छन् । इलाका प्रहरी कार्यालय बरेङका प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । लुरुङमै अन्य २ घर र ३ गोठ पनि पुरिएका छन् ।

घटनास्थलमा पुगेर उद्दारको काम गर्न गाउँले र प्रहरीको टोली विभिन्न स्थानमा बाँडिएको वडा नं. २ का अध्यक्ष गुप्तप्रसाद कालाले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको