अर्थ संसार, एजेन्सी– अर्जेन्टिनाले नाइजेरियालाई समान २-१ स्कोरले हराउँदै विश्व कपको नकआउट चरणमा अर्जेन्टिना प्रवेश गरेको छ ।
लियोनल मेस्सीले खेलको १४ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर नाइजेरियाका लागि भिक्टर मोजेजले गोल गर्दै स्कोर बराबर पारेका थिए । खेलको ८६ औं मिनेटमा अर्जेन्टिनाका लागि डिफेन्डर मार्कोस रोहोले गोल गर्दै अर्जेन्टिनालाई अति महत्त्वपूर्ण जित दिलाए ।
त्यसै गरी विश्वकप समूह ‘डी’ का अन्तिम खेलमा क्रोएसिया विजयी भएको छ । क्रोएसियाले आइसल्यान्डलाई २-१ ले हराएको छ ।
क्रोएसियाका लागि मिलान बाडेल्जले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि गिल्फी सिगर्ड्सनको पेनाल्टीमा आइसल्यान्ड खेलमा फर्केको थियो । तर ९० औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियाको शत प्रतिशत रेकर्ड सुनिश्चित गरेका हुन् ।
यस नतिजहरुसंगै क्रोसियाको ३ खेलमा पुरै ९ अंक रहेको छ भने अर्जेन्टिनाको ४ अंक रहेको छ । नाइजेरिया ३ अंक र आइसल्यान्ड १ अंक बटुल्दै घर फर्केका छन् । अब क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र अर्जेन्टिनाले फ्रान्सको सामना गर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस