Like us!
Follow us!
Connect us!
Watch us!

यसरी फैलिदैछ देशभर जनता बैंक

बुधबार, १३ असार २०७५, १२ : १४ मा प्रकाशित

यसरी फैलिदैछ देशभर जनता बैंक

अर्थ संसार,काठमाडौं– जनता बैंक नेपाललिमिटेडले कारोवार विस्तारको क्रममा १ नयाँ शाखा र ६ शाखा रहित बैंकिङ्गबाट कारोवार शुभारम्भ गरेको छ ।

बैंकले  थप १ स्थानमा असार १४ गतेबाट शाखा रहित बैंकिङ्ग सेवा प्रारम्भ हुनेछ । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. ५, थलहमा नयाँ शाखा खोलिएको हो । यसैगरी बाँकेको बानियभार, कैलालीको चिसापानी र स्याउलेबजार तथा कञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखा रहित बैंकिङ्ग कारोवार सुरु गरिएको हो भने दार्चुलाको काँडापारीबाट यही आसार १४ गते देखि शाखा रहित बैंकिङ्ग कारोवार सुरु हुनेछ ।

माथि उल्लेखित थप शाखा सञ्जाल समेत गरी जनता बैंकले देश भरीबाट ११९ शाखा ४७ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सनकाउन्टर र ६९ एटिएमबाट सेवाप्रदानगरिरहेको  छ ।

निक्षेप बिमा योजना

साथै सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पुर्याउने उद्देश्य सहितजनता बैंक नेपाल लिमिटेडको  १० लाख सम्मको दुर्घटना बिमा र बार्षिक  १ लाख सम्मको औषधी उपचार सुविधा सहितआकर्षक बीमा सुविधा सहितको बचत योजना‘जनता सुरक्षा बचत खाता’ संचालनमा रहेको छ । यस योजना मार्फत ग्राहकहरुले उच्च प्रतिफल सहितको निक्षेप योजनामा सहभागीभई स्वास्थ्य उपचार सेवा समेत प्राप्तगर्न सक्नेछन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको