Like us!
Follow us!
Connect us!
Watch us!

जर्मनी विश्व कपको समूह चरणबाट ‘आउट’

विहीबार, १४ असार २०७५, ०८ : २० मा प्रकाशित

जर्मनी विश्व कपको समूह चरणबाट  ‘आउट’

अर्थ संसार, एजेन्सी– लगातार तेस्रो पटक साविक विजेता टोली विश्व कपको समूह चरणबाट बाहिरएको छ ।

साविक विजेता जर्मनी बुधबार रसियामा जारी विश्व कपबाट बाहिरिएकोछ । चार वर्षअघि ब्राजिलमा अर्जेन्टिनालाई फाइनलमा १–० ले हराउँदै जर्मनीले विश्व कप उपाधि उचालेको थियो ।

यसपटक समूह चरणको पहिलो खेलमा मक्सिकोसँग १–० ले पराजित जर्मनी अन्तिम खेलमा दक्षिण कोरियासँग बुधबार २–० ले स्तब्ध भएको थियो । जर्मनीले दोस्रो खेलमा भने स्विडेनविरुद्ध २–१ को सघर्षपूर्ण जित हासिल गरेको थियो ।

जोचिम लोको टोली समूह एफमा पुछारमा रहँदै यसपटकको विश्व कपको समूह चरणको अन्त्य गरेको छ ।

समूहबाट आश्चार्यजनक रुपमा स्विडेन विजेता र मेक्सिको उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका छन् । स्विडेनले बुधबार नै मेक्सिकोलाई ३–० ले हराएको थियो । समूहमा स्विडेन र मेक्सिकोले समान ६ अंक जोडे । विश्व कपबाट बाहिरिएका दक्षिण कोरिया र जर्मनीको समान ३ अंक रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको