Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेण्टको साधारणसभा आज, यस्ता छन् एजेण्डा

आइतबार, १७ असार २०७५, ०९ : १४ मा प्रकाशित

सांग्रिला डेभलपमेण्टको साधारणसभा आज, यस्ता छन् एजेण्डा

अर्थ संसार,  काठमाडौं -सांग्रिला डेभलपमेण्ट बैंकको १३ औं वार्षिक साधारणसभा आज (असार १७ गते) अमृतभोग क्याटरिङ, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे हुँदैछ ।

सभाको प्रस्तावमा २.५० प्रतिशत बोनस सेयर र ९.३० प्रतिशत नगद लाभांश वितरण गर्न स्विकृत गर्ने रहेको छ । साथै, लेखा परीक्षकको नियुक्ती तथा पारिश्रमिक अनुमोदन, चुक्तापूँजी वृद्धि, प्रवन्धपत्र र नियमावलीमा संशोधन लगायत विषयमा छलफल हुनेछ ।

साधारणसभा प्रायोजनका लागी सेयरधनि दर्ता पुस्तिका असार ४ देखि बन्द रहेकाले असार ३ गतेसम्म सेयर स्वामित्व कायम सदस्यहरु सभामा सहभागी भई लाभांशको हकदार हुनेछन् । कम्पनीको बिहीवार सेयर मूल्य  १ सय ४९ मा खुला भई न्यूनतम  १ सय ४९ देखि अधिकतम  १ सय ५० सम्म पुगी अन्त्यमा  १ सय ५० मा नै बन्द भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको