Like us!
Follow us!
Connect us!
Watch us!
युवा सशक्तीकरणको आह्वान

युवा सशक्तीकरणको आह्वान

विहीबार, ०६ असोज २०७३, १५ : ५२ मा प्रकाशित

युवा सशक्तीकरणको आह्वान

अर्थ संसार, काठमाडौं । सन् २०१६ को ओलम्पिकले विभिन्न राम्रा र नराम्रा पक्षहरू छोडेर गएको छ । मैले इन्टरनेसनल ओलम्पिक कमिटीका अध्यक्षलाई अहिलेसम्मकै पहिलो ‘रिफ्युजी ओलम्पिक टिम’ बनाउन गरेको योगदानका लागि प्रशंसा गरिसकेको छु ।

यसका सदस्यहरूलाई मैले भेटेको पनि छु । गुमाउँदाको अवस्थामा पनि टिक्नुलाई मैले उल्लेख्य मानेको छु । विगतलाई केही कुराले पनि परिवर्तन गर्न सक्दैन ।

मैले यी युवा शरणार्थीहरूको जोस र प्रतिबद्धतामा हाम्रो विश्वका करोडौं युवाको जोस देखेको छु । चरम गरिबी, घृणायुक्त भेदभाव, हिंसात्मक अतिवादमा भएको वृद्धि, वातावरणीय क्षति र अन्य विश्वव्यापी त्रासको समयमा हामीले नराम्ररी प्रभावित भएकालाई विशेष ध्यान दिनुपर्छ । समाधानका लागि त्यो पनि विशेष गरी युवालाई ।

संयुक्त राष्ट्रसंघले युवाका लागि युवासँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । मैले अहमद अलहेन्दावीलाई उनी २८ वर्षको उमेर भएको समयमा अहिलेसम्मकै पहिलो युवाका लागि संयुक्त राष्ट्रसंघीय दूतका रूपमा नियुक्त गरे ।

हामीले प्रत्येक युवा मानिसले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गरिनुपर्छ भन्ने आवाज उठाउँदै आएका छौं ।

प्रत्येक वर्ष संयुक्त राष्ट्रसंघीय आर्थिक–सामाजिक परिषद्को युवा मञ्चले बढी जल्दोबल्दो विश्वव्यापी चासोको विषयमा छलफल गर्नका लागि वरिष्ठ सरकारी अधिकारी र युवा कार्यकर्ताहरूलाई एकै ठाउँमा भेला गराउँदै आएको छ । संयुक्त राष्ट्रसंघले पनि विश्वभरि शान्ति र विकासलाई प्रवद्र्धन गर्नका लागि युवा नेतृत्व र युवा केन्द्रित संगठनहरूसँग साझेदारी गर्दै आएको छ ।

यदि युवा मानिसहरू युद्धमा मर्नका लागि राम्रो देख्छन् भने यो मेरा लागि कोरा ९सादा० मात्रै हुनेछ । नेताहरूले शान्तिका लागि छलफल गरिरहेको अवस्थामा उनीहरूको स्थान टेबुलमा पनि हुनु आवश्यक छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले गत डिसेम्बरमा यो विषयलाई परिचित गराएको थियो । उक्त समयमा परिषद्ले युवा शान्ति स्थापकलाई सहयोग गर्न रिजोलुसन २२५० लाई स्वीकार गरेको थियो ।

यो असाधारण मापनमा भएको प्रगतिको अध्ययन गर्न मैले नयाँ सल्लाहकार समूहको सदस्य घोषणा गरें । अन्य यसै किसिमको समूहजस्तै यो समूह विविध र अन्तरराष्ट्रिय स्वरूपको थियो ।

तर, यसले समावेश भएका मानिसहरूको लाभको विषय पनि समावेश ग¥यो । समूहका झन्डै आधा सदस्य युवा थिए । एकले युद्धमा आफ्नो बुवालाई गुमाए । दोस्रोलाई पनि गोली लागेको थियो । अन्य शरणार्थी थिए । सबै सदस्को संयुक्त विज्ञताका साथ उनीहरूको प्रतिवेदनले नयाँ विकासलाई मार्गदर्शन गर्ने अपेक्षा मैले गरे ।

उनले यो विषयका लागि मेरो युवा दूत र संयुक्त राष्ट्रसंघीय विज्ञसँग मिलेर काम गर्नेछन् । यसमा अन्तरराष्ट्रिय श्रम संगठन पनि समावेश हुनेछ । यसले केही भिन्नता ल्याउने अपेक्षा मेरो छ ।

रोजगारी गर्ने मात्र नभई उनीहरूले रोजगारी सिर्जना गर्न सक्ने लगायतका विविध काम युवाले गर्न सक्ने धारणा मेरो छ । मैले युवाहरूलाई सफल व्यवसायी हुनका लागि आवश्यक जोखिम मोल्न पनि आग्रह गरेको छु ।

युवाले दिगो विकासका एजेन्डा–२०३० अवधारणालाई यथार्थमा बदल्नका लागि सहयोग गर्न सक्नेछन् । यो मानिस, विश्व र समृद्धिका लागि विश्वव्यापी योजना हो ।

यो वर्ष संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्यका लागि अहिलेसम्मकै पहिलो संयुक्त राष्ट्रसंघीय नेतृत्वको नाम उल्लेख गर्नेछ । यसमा १८ हजारभन्दा बढी मनोनयनबाट १७ असाधारण युवाहरू छानिनेछ ।

नियुक्तिमा पर्नेहरूलाई हाम्रो साझा भविष्यका बारेमा उनीहरूको धारणा सुन्नका लागि सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय मुख्यालयमा ल्याइनेछ ।

यो कदम सानो तर व्यापक रूपमा सांकेतिक हुनेछ । अन्ततः १७ दिगो विकास नेताहरूले हामीलाई आवश्यक पर्ने परिवर्तनको प्रतिनिधित्व गर्नेछन् । युवा र शान्ति स्थापनाको सल्लाहकार समूहमा केही सदस्य मात्रै हुनेछन् र नयाँ नियुक्तिलाई पनि अवस्थामा आउने एकाएक परिवर्तनका रूपमा लिन सकिँदैन ।

अवश्य पनि यी नीतिहरूले रातारात विश्वव्यापी समस्याको समाधान गर्न सक्दैन र म विशेष गरी सबै युवालाई आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नका लागि आग्रह गर्छु । म गएको जुनसुकै ठाउँ र मैले पाएको जुनसुकै अवसरमा म युवालाई विश्वव्यापी नागरिक हुनका लागि आग्रह गर्दै आएको छु र गर्नेछु ।

हाम्रो विश्व परिवर्तनका लागि उनीहरूको आवाज उठाउन म उनीहरूलाई आग्रह गर्छु । दसौ हजार युवाले पहिले नै सफल प्रयासको नेतृत्व गरिरहेका छन् । हामीलाई लक्ष्यमा पुग्नका लागि लाखौं कराडौको आवश्यकता पर्छ ।

जापान टुडेबाट अनूदित

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको