नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३२ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस